काठमाडौं। आगामी मंसिर ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लडाईं पहिचानको’ ले आफ्नो दोस्रो खस देउडा गीत ‘बैशालु जोबन भयो ढलमल’ सार्वजनिक गरेको छ। गीतमा लोकप्रिय अभिनेत्री करिश्मा मानन्धर र अभिनेता रोशन शर्मालाई आकर्षक र रोमान्टिक रूपमै प्रस्तुत गरिएको छ।
गीतमा प्रताप दास र बबीना किराँतीको स्वर रहेको छ भने शब्द र संगीत भीम बस्नेतले तयार पारेका हुन्। भीम लामाको लेखन र निर्देशनमा बनेको चलचित्र ‘लडाईं पहिचानको’ ले नेपाली समाजमा पहिचान, आत्मसम्मान र संघर्षका विषयलाई स्पर्श गर्ने बताइएको छ।
चलचित्रमा प्रशान्त तामाङ, करिश्मा मानन्धर, धिरेन शाक्य, जेनी घिसिङ, प्रेम सुब्बा, राजेन्द्र खड्गी, सुरवीर पाण्डित, किशोर सम्बाहाम्फे, रोशन शर्मा, सुवास योन्जन, परसुराम चौधरी, शर्मिला राई, अरुण कुमार प्रधान, दिलु सुब्बा, रामजी बिष्ट, कविता राई, छिरिङ लामा, नविन मेन्याङ्बो लगायत थुप्रै कलाकारको अभिनय समावेश छ।
त्यस्तै अन्य कलाकारहरूमा पबी तेम्बे, वर्षा राजभण्डारी तामाङ, सुदीप लिम्बु, दामोदर सापकोटा, अम्बिका ढकाल, कृष्ण नेपाल, शिव भट्टराई, एल.एन. गच्छदार, कर्ण सम्बाहाम्फे, गंगा कुँवर, रमेश कटुवाल, मदन बहादुर राई, मोहन लोप्चन, शर्मिला तामाङ, सीता नोरगेन तामाङ लगायतको पनि सहभागिता रहेको छ।
छायांकन मदन कश्यप घिमिरेले गरेका छन् भने सम्पादन र कलर ग्रेडिङ रमेश डी. कौसिकको छ। चलचित्रमा एक्सन निर्देशन देवकुमार महर्जनले गरेका छन् भने कोरियोग्राफी मणिकुमार लिम्बु र सानु राजा थेगिमले सम्हालेका छन्। संगीतमा बलराम समाल, भीम बस्नेत, दीप्सन लिम्बु, शेखर थापा र सागर तामाङको पनि सहभागिता छ।
निर्माणतर्फ भीम लामा, दिलु सुब्बा लुङ्बा, रामजी बिष्ट र उमेश तामाङ रहेका छन्। सह–निर्देशक बुद्धिमान तामाङ र प्रविन किराती, कला निर्देशक सुजन महत, मेकअप आर्टिस्ट अशोक मण्डल, प्रोडक्सन म्यानेजर मोतीराम थापा, र को–डाइरेक्टर रमेश डी. कौसिक रहेका छन्। डिजिटल पार्टनरका रूपमा ओएसआर डिजीटल र देशव्यापी वितरणको जिम्मा कुबेर सिने डिस्ट्रीब्युसनले लिएको छ।