वाङ्ग्यल लामाको ‘फर्केर छिट्टै आउने छु’ मा आयुव र रिना (भिडियो)


काठमाडौं। पछिल्लो समय देशको परिवेशका कारण नेपाली गीत संगीत निर्माणको गति केही सुस्त भएको देखिन्छ । युट्युबमा सार्वजनिक हुने नयाँ गीतहरूले पनि पहिलेझैं पर्याप्त भ्युज आर्जन गर्न सकेका छैनन्। यस्तै अवस्थामा एक साताअघि समसामयिक भाव बोकेको गीत ‘फर्केर छिट्टै आउने छु’ युट्युबमार्फत सार्वजनिक गरिएको थियो ।

वाङ्ग्यल लामा योञ्जन र लाक्पा डोल्माको स्वर रहेको यस गीतमा संगीत संजय खड्गीले दिएका छन्। गीतका शब्द रचना र संगीत संयोजन स्वयं गायक वाङ्ग्यल लामा योञ्जनकै हुन् ।

गीतको भिडियोको कन्सेप्ट र निर्देशन युवराज खत्रीले गरेका हुन् भने छायांकन सुजन श्रेष्ठले गरेका छन् । सम्पादन पनि निर्देशक खत्रीले नै सम्हालेका छन् । भिडियोमा आयुव केसी र रिना गुरुङ फिचर्ड छन्। यो भिडियो गायक लामाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.