जीवन शाहीको निर्देशन रहेको चलचित्र ‘स्त्री’ को छायांकन सम्पन्न


काठमाडौँ। जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भई रहेको चलचित्र चलचित्र ‘स्त्री’ को छायांकन सकिएको छ। काठमाडौँ आसपासमा छायांकन गरिएको चलचित्रको एउटा गीत बाँकि राख्दै अन्य सम्पूर्ण दृश्यहरुको छायांकन सकिएको निर्देशक शाहीले बताए।

मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा समिर राई निर्माता रहेको यस चलचित्रमा निर्देशक शाहीकै कथा रहेको छ। पटकथामा निर्देशक जीवन शाहीलाई किशन अर्यालले सघाएका छन्। चलचित्रको छायांकन रामशरण उप्रेतीले गरेका हुन्। चलचित्रमा बाबुल गिरीको संगीत, प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेत, प्रोजेक्ट म्यानेजरमा सुबास काफ्ले, द्वन्द्व निर्देशनमा देव महर्जन, प्रमुख सह निर्देशकमा चन्द्र भण्डारी तथा मेकअपमा श्याम बराल, ड्रेस डिजाइन सुकनिता चौलागाईंको रहेको छ ।

सह निर्माता सहदेव बिष्ट,प्रमोद भट्टराई प्रतीक,रिता श्रेष्ठ मन्जु राजबंशी रहेका छन्। सयौ म्युजिक भिडियो निर्देशन गरि सकेका शाहीको यो डेब्यु सिनेमा हो। सामाजिक कथामा बन्ने चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत,नम्रता श्रेष्ठ,दिनेश डिसी,दीपा श्री निरौलाको प्रमुख भूमिका रहेको छ । बालकलाकारमा दिप्सन चिलवालको अभिनय छ।

चलचित्रको पोस्ट प्रोडक्सन थालिने र छिट्टै प्रदर्शन मिति तोकेर प्रचार प्रसारमा लाग्ने निर्माता समिर राईले बताए। नारी प्रदान कथामा बनेको चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। विजया दशमीको शुभकामना व्यक्त गर्दै चलचित्र टिमले सम्पूर्ण नेपालीको घर घरमा शान्तीको कामना समेत गरेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.