मङ्सिरको लगन छोप्दै अझै पनि रत्यौलीमा (भिडियो)


चलचित्र मेरो एउटा साथी छ बाट सफल निर्देशक बनेका सुदर्शन थापा नायक बनेको चलचित्र ‘अझै पनि’ फागुन १५ गते बाट प्रदर्शनमा आउने भएको छ। चलचित्रले प्रदर्शन मिति नजिकिंदै गर्दा आफ्नो प्रचार प्रसार लाइ पनि तिब्रता दिन थालेको छ। गएको हप्ता सेन्टिमेन्टल गीत रिलिज भएको थियो। केहि दिन अघि आत्महत्या गरेका निर्देशक आलोक नेम्वाङ निर्देशित तेस्रो तथा अन्तिम चलचित्र ‘अझै पनि’को अर्को गीत रिलिज गरिएको छ। मङ्सिर महिना बिहेको मौसम पर्ने हुनाले चलचित्रको रत्यौली गीत ‘चमक चमक’ लाई सार्वजनिक गरिएको हो।
sudarshan-thapa-ajhai-pani
राजन राज सिवाकोटी शब्द तथा संगीत रहेको यस गीतलाई मनिषा पोखरेल र रिता बुढाथोकीको स्वरमा तयार पारिएको छ।चलचित्रका कलाकार सुदर्शन थापा र पुजा शर्माको बिहेमा ‘चमक चमक’ बोलको गीतमा चलचित्रकी कलाकार सुरक्षा पन्त, प्रमिला खनाल, मिथिला शर्मा लगाएतले आर्कषक नृत्य गरेका छन्।

सुदर्शन थापा प्रडक्शनको प्रस्तुती तथा पुनम इन्टरटेनमेण्टको ब्यानरमा बनेको ‘अझै पनि’लाई पुनम गौतम र सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेका हुन्। चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा र सुरक्षा पन्तको मूख्य भूमिका रहेको छ। राजेश श्रेष्ठले खिचेको ‘अझै पनि’मा प्रितम पाण्डेको सम्पादन ,अस्ट महर्जनको द्वन्द, महेश खड्का, हरी लम्साल र राजनराज सिवाकोटीको संगीत रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.