साँगितिक प्रेम कथा चलचित्र धुन चैत्र ६ मा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
साँगितिक प्रेम कथा चलचित्र ‘धुन’ चैत्र ६ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने भएको छ। चलचित्र कृष्ण पौडेलले निर्देशन गरेका हुन्। कृष्णको डेब्यु निर्देशन रहेको चलचित्र धूनले दर्शक मन जित्नेमा निर्माण युनिट आशाबादी रहेको छ। मालती शाह प्रस्तुतकर्ता रहेको चलचित्रमा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट र मधुसुदन ढकालको संयुक्त लगानी रहेको छ।
Dhoon-Movie-poster
‘रिलिजको लागी उपयुक्त दिन चैत्र ६ नै देखेर मिति तोकिएको हो ’ निर्माता मालतीले शाहले भनिन् ‘आशा छ यस अघीका चलचित्रमा जस्तै‘धुन’मा पनि दर्शकको साथ हुनेछ ।’ मालती र सुशिलले यस अगाडी ‘लंका’ र ‘झोला’ बनाएका थिए। जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमा वेवी लगायतको अभिनय रहेको चलचित्र लाइ कृष्ण आचार्यले लेखेका हुन् चलचित्रमा संगीत लक्की सिटौलाको रहेको छ। चलचित्र लाइ बिनोद भट्टले खिचेका हुन् काठमाडौँ र सुन्दर नगरी पोखरामा छायांकन गरिएको चलचित्रका गीत संगीत उत्कृस्ट बनेका छन् अब छिटै नै भिडियो गीत सार्बजनिक गर्ने योजना रहेको निर्माण युनिटले जानकारी गराएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.