सुजनको स्वरमा ‘बलिदान’ को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक


काठमाडौँ। असोजको १३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘बलिदान’ को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक गरिएको छ । सुजन चापागाँइको स्वर र संगीत रहेको यो गीतमा हर्क साउदको शब्द छ । गीत ओएसआर डिजिटलको यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

यो गीतले आमाको माया र उनको त्यागको भाव बोकेको छ । आमाले सन्तानका लागि गरेको त्याग र समर्पणलाई समावेश गर्दै गीतमा छोराले आमाप्रति देखाएको मायालाई गीतमार्फत भन्न खोजिएको छ ।

गीतको लिरिकल भिडियोमा नायक समीर भट्ट, ऋचा शर्मा लगायतलाई देख्न सकिन्छ । साथमा, केही दृश्य एनिमेटेड भिडियो पनि प्रस्तुत गरिएको छ ।
सन्तोष सेनको निर्देशनमा तयार भएको यो चलचित्रमा दर्शनजीको लेखन, पवन ब्राडफोर्ड विष्टको लगानी छ । फिल्मका कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

यो फिल्ममा समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, हेमन्त वुढाथोकी, सन्तोष सेन, कविता राय लगायतका कलाकारहरूको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.