सिक्किम देखि काठमाडौँ सम्म उमाको कला यात्रा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
सिक्किममा जन्मेर नेपालि कला क्षेत्रमा अघि बढी रहेकी कलाकार उमा बेबी नेपाली कला क्षेत्रमा सार्है नै रमाउ छिन। करिब ८ बर्ष अघि पहिलो चलचित्र ‘देश देखि बिदेश’ सम्म बाट नेपाली रजत पटमा प्रवेश गरेकी उमाले अभिनय गरेको नेपाली चलचित्रको संख्या करिब १ दर्जन पुगी सकेको छ। नेपाली कला संस्कृति लाई एकदमै माया गर्ने र नेपाली चलचित्रको बिकाश गर्नको लागि लागि पर्ने उमाले आफ्नै लगानीमा चलचित्र इशारा र शिशाको निर्माण पनि गरेकी छिन।
Uma-beby-actor
इशारा र शिशाको छायांकन सिक्किममा गरिएको हो। नेपाली चलचित्र क्षेत्रमा धेरै स्वार्थी मानिसहरु भएको कारणले नेपाली चलचित्र उद्योग अघि नबढेको उनको विचार छ। ‘यहाँ निर्मातालाई मुर्गा भनेर सके सम्म ठग्ने जसले सक्छ उसले धुत्ने मात्र काम हुन्छ’उनि भन्छिन। बरिस्ट निर्देशक तुलसी घिमिरेलाई आफ्नो प्रेरणाको स्रोत मान्ने उमा थप्छिन ‘मैले आफुले नेपालमा आफ्नो परिचय बनाए धेरै जनाले मलाई चिन्नु हुन्छ म खुसि छु’ नेपालमा चलचित्र निर्माण तथा प्रदर्शन नीति नहुँदा निर्माताहरु सार्है मर्कामा परेका छन् र केहि ठुला र आफु लाई सर्बे सर्वा मान्ने निर्माताहरुको कारण नेपाली चलचित्र बजार उकासिन नसकेको उनको बुझाई रहेको छ।

उमाले सिक्किममा नेपाली कलाकार तथा प्राबिधिकहरु लाइ सिक्किममा सम्मान गर्ने बाताबरण मिलाई रहेकी छिन्। उनकै नेतृत्वमा केहि महिना पहिले नायक जीवन लुइँटेल लाई सिक्किममा सम्मान गरिएको थियो। आफु सिक्किममा जन्मिय पनि आफ्नो कर्म थलो नेपाललाइ बनाएकी उनि अझै पनि नेपाली चलचित्रमा निरन्तर अभिनय गर्ने र नेपाली चलचित्र निर्माण गरि रहने योजनमा छिन।उनले सिक्किममा नेपाली चलचित्र देखाउने र नेपाली कलालाई सिक्किममा चिनाउने पनि काम गरि रहेकी छिन। हाल उनि चलचित्र ‘धुन’,’सत्यदिप’ र ‘डेस्टिनेसन काठमाडौँ’ को काममा व्यस्त छिन्। अब भबिस्यमा पनि नेपाली चलचित्रमा निरन्तर कामगरि रहने उनको योजना रहेको छ। ‘मेरो नशामा सानै देखि नेपाली कलाको नशा छ। मेरो दिमागमा चलचित्र मात्र छ म यसै क्षेत्रमा रमाउन चाहन्छु उनले भनिन।’
फोटो साभार नेट नशा

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.