‘सैयारा’ अभिनेत्री अनित पड्डा नेपाल भ्रमणमा


काठमाडौं। बलिउडको सुपरहिट फिल्म ‘सैयारा’ को अभिनेत्री अनित पड्डा पारिवारिक भ्रमणका लागि नेपाल आएकी छन्। उनी पछिल्ला केही दिनयता राजधानी काठमाडौंका विभिन्न स्थानमा घुमघाम गर्दै आएकी छिन्। ‘सैयारा’ ले भारतमा मात्र नभई नेपालमा पनि राम्रो कमाइ गरेको छ। ‘ सैयारा’ ले अनित पड्डाको चर्चा चुलिएको छ।

नेपाल घुम्न आएकी पड्डाले फुर्सदका क्षणमा आफ्ना प्रशंसकहरुसँग भेटघाट गर्दै फोटो खिचाउने मौका समेत दिएकी छन्। उनको आगमनले नेपाली दर्शक तथा प्रशंसकमा उत्साह थपिएको छ।

अनित पहिलो पटक ‘सलाम वेंकी’ मार्फत पर्दामा देखा परेकी थिइन्। यस फिल्ममा उनले काजोलसँग काम गरिन्। यसमा भूमिका सानो भए पनि उनको लागि बलिउडको ढोका खुल्यो।

२०२४ मा वेब सिरिज ‘बिग गल्र्स डन्ट क्राइ’ बाट अनितले अझ बढी पहिचान बनाइन्। उनको कामको दर्शक र समीक्षक दुवैले प्रशंसा गरे। अभिनय बाहेक अनितलाई संगीतमा समेत रूची छ। उनले उक्त वेब सिरिजमा एउटा गीतमा स्वर समेत दिइन्। अनितले टिभी सिरिज ‘युवा सपनोका सफर’ मा समेत अभिनय गरिन्। ‘सैयारा’ भने उनको करिअरमा ठूलो मोड साबित भयो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.