काठमाडौँ। गायिका सुनिता थेगिम र गायक नोगेन लिम्बुको स्वरमा सजिएको गीत ‘च्याब्रुंङ्ग को तालैमा’ भिडियो सहित सार्वजनिक गरिएको छ।
लिम्बु संस्कृतिमा च्याब्रुंङ्गको विशेष महत्व रहेको छ। यही सांस्कृतिक भावनालाई आत्मसात् गर्दै गीत तथा भिडियो निर्माण गरिएको निर्माण टोलीले जनाएको छ।
गीतमा बिष्णु किराँतीको शब्द र अनील कोयीराइको संगीत रहेको छ। भिडियोको निर्देशन किरण राईले गरेका छन् भने छायांकन दिलिप थाम्सुहंग लिम्बु र सम्पादन स्वयं किरण राईकै रहेको छ।
उत्कृष्ट बनेको भिडियोमा सरोज खालिंग राई, अनुषा राई, सागर केरुङ्ग, निशान लुइंटेल, समिर जाबेगु, तुलषा लिम्बु, ससिता राई र सरिता हंस्रुम्बाको दमदार अभिनय देख्न सकिन्छ। भिडियो नोगेन हंस्रुम्बा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
किरण राईले दर्जन भन्दा बढी म्युजिक भिडियो निर्देशन गरि सकेका छन्। उनको निर्देशनमा बनेको ‘ज्यु पैंचो’ ले राम्रो प्रतिक्रिया पाएको थियो। उनको निर्देशनमा बनेको चलचित्र ‘नाकछोङ’ ले पनि प्रसंशा बटुली रहेको छ। निर्माता ज्योतीराज राईको निर्माणमा बनेको चलचित्र बेलायतमा प्रदर्शन भई सकेको छ भने अब युरोप , हङकङ, कोरिया, अष्ट्रेलिया, जापान, सिंगापुर, ब्रोनाई, मलेसिया लगायत स्थानमा समेत विशेष प्रदर्शन हुने तयारीमा रहेको छ।