सनिशा र आशिर्वाद फिचर्ड ‘भो नबोलाउ मलाई’ सार्वजनिक


काठमाडौं। सनिशा भट्टराई र आशिर्वाद क्षेत्री फिचर्ड ‘भो नबोलाउ मलाई’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। शनिबार राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो रिलिज गरिएको हो।

गीतको भिडियो सार्वजनिक गर्दै मदनकृष्णले गीत निकै राम्रो लागेको बताए। उनले यस गीतका गायक तथा संगीतकार सफल शेरचनको स्वर, शब्द र संगीतलाई तारिफ गरे।

दिपा शाक्य श्रेष्ठको निर्देशनमा तयार गरिएको यस गीतको भिडियोमा सनिशा र आदिर्वादको केमेष्ट्री सुहाएको छ । प्रोडक्सन म्यानेजर दिपेन गौतम ‘माइकल’ हुन् भने छायांकन उत्तम हुमागाईंले गरेका हुन् । त्यसै गरि गीतको भिडियोको रंग संयोजन प्रकाश मानन्धरको छ। एसएस प्रोडक्सन लण्डनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतको भिडियोलाई एसएस प्रोडक्सन लण्डनले निर्माण गरेको हो।

Copyright © 2012 - 2026 | All Right Reserved.