‘अभिमन्यु: च्याप्टर १’ को गीत ‘लड्की गोरी’ दुई दिनमै १० लाख भ्युज


काठमाडौं। चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को गीत ‘लड्की गोरी’ ले रिलिज भएको दुई दिनमै १० लाख भ्युज पार गरेको छ। भोजपुरिया शैलीमा बनेको यो डान्सिङ गीतलाई दर्शकले उत्साहपूर्वक स्वागत गरेका छन्।

प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको स्वर, प्रशान्त शिवाकोटीको शब्द र संगीत रहेको गीतमा जुना सुन्दासको आइटम डान्स छ भने कोरियोग्राफी रोहन विश्वकर्माले गरेका छन्। तराई-मधेश क्षेत्रका लागि विशेष प्रभाव पार्ने विश्वास गरिएको यो गीत चाडपर्व तथा मेला महोत्सवमा लोकप्रिय हुने अपेक्षा गरिएको छ।

‘अभिमन्यु: च्याप्टर १’ भदौ २७ गते नेपाली भाषामा र असोज ६ (सेप्टेम्बर २२) मा हिन्दीमा वर्ल्डवाइड रिलिज हुँदैछ। चलचित्रले पैसाको लोभमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन संघर्ष गर्ने कथालाई चित्रण गर्छ।

सुशान्त गौतमको निर्देशनमा बनेको यो डेब्यु चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, शिशिर वाङ्देल लगायतको अभिनय छ। चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.