प्रदीप शाहीको ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा


काठमाडौं । प्रदीप शाही निर्देशित नेपाली चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा हेर्न सकिने भएको छ। नेपालका हलहरूमा प्रदर्शन हुँदा औसत व्यापार गरेको यो चलचित्रले समीक्षकहरूबाट भने सकारात्मक प्रतिक्रिया पाएको थियो।

चलचित्रमा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ लामा, बिकाश अधिकारी, सरोज खालिङ राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल र धर्मानन्द आचार्य लगायत कलाकारको अभिनय रहेको छ।

शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘1915: लेजेन्ड अफ गोर्खाज’ पनि यसअघि नै अमेजन प्राइममा उपलब्ध छ। हाल उनी निर्देशित तेस्रो फिल्म ‘एक्लो’ सम्पादनको अन्तिम चरणमा छ।

साई प्रोडक्सन नेपालको ब्यानर र ह्याम्साएर एकाउन्टेन्टको सहकार्यमा बनेको यस चलचित्रमा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट र रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। विनोद सुवेदी क्षितिज निर्माता रहेको यस फिल्मको कथावस्तु सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिमा आधारित छ भने यसमा ‘मर्डर मिस्ट्रि’को रोचक पाटो पनि समावेश गरिएको छ।

चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका हुन् भने सम्पादन रुपेश गुरुङको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.