काठमाडौं। साउनको पहिलो हप्ता इलामबाट छायांकन सुरु गरिएको चलचित्र ‘मैझारो’ को छायांकन अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा निर्माण भैरहेको चलचित्र पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई उजागर गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ।
चलचित्रको छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा गरिएको छ। निर्देशक राईका अनुसार दर्शकले यो चलचित्रबाट फरक स्वाद र अनुभूति पाउनेछन्। फिल्मको कथा र पटकथा पनि उनी स्वयंले लेखेका हुन्।
माैलिक प्रेम कथामा आधारित यो चलचित्रमा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ। सौरभ लामाले छायांकन गरेको चलचित्रलाइ वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।