‘अञ्जिला’को अष्ट्रेलिया यात्रा


काठमाडौँ। सन् २०२५ को सुपरहिट नेपाली फिल्म ‘अञ्जिला’ अब अष्ट्रेलियामा प्रदर्शन हुँदैछ। मिलन चाम्स निर्देशित यस फिल्मले स्वदेशसहित विदेशमा समेत उल्लेखनीय प्रशंसा बटुलिसकेको छ।

फिल्मको स्क्रिनिङका लागि निर्माता प्रेमकुमार श्रेष्ठ हाल अष्ट्रेलियामा छन्। ‘अञ्जिला’ अगस्ट १३ मा ब्रिसबेनस्थित फाइभ स्टार सिनेमामा प्रदर्शन भइसकेको छ भने सोही हलमा अगस्ट २१ मा अर्को शो तय भएको छ। यस्तै, सिड्नीको अर्बनस्थित रिडिङ सिनेमामा अगस्ट २३ मा शो हुनेछ। अर्बन नेपाली समुदायको बाक्लो बसोबास भएको क्षेत्र मानिन्छ। यसअघि पहिलो शो एडिलेडमा जुलाई ३० मा सम्पन्न भएको थियो।

निर्माता श्रेष्ठका अनुसार मेलबर्न, डार्विन, पर्थ र न्यू क्यासलमा समेत फिल्म प्रदर्शन गर्ने योजना छ। “एडिलेडमा भएको पहिलो शोले हामीलाई निकै उत्साह दिएको छ। यहाँका नेपाली दर्शकको चासो र सहभागिता हेर्दा अष्ट्रेलियामा पनि फिल्म सफल हुनेमा हामी ढुक्क छौं,” उनले भने।

यो फिल्म नेपाली फुटबलकी पूर्व कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित हो। फिल्ममा अञ्जिला स्वयम्‌सँगै दयाहाङ राई, सुनिल थापा, माओत्से गुरुङ, विजय बराल र सिर्जना सुब्बाको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.