‘मोहर’ दर्शकमाझ, वर्ड अफ माउथ बलियो


काठमाडौँ। फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’ आजबाट रिलिजमा आएको छ । फिल्म रिलिज भएसँगै दर्शकको बलियो वर्ड अफ माउथ पाइरहेको छ ।
आज बिहानैबाट औषत अकुपेन्सीमा व्यापार गरिरहेको यो फिल्मले दर्शकको बलियो वर्ड अफ माउथ पाएपछि व्यापार बढ्नेमा वितकर करण श्रेष्ठ आशावादी देखिएका छन् ।

चुम्बन जंग शाही निर्माता रहेको फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । यो फिल्मको कथावस्तु, पल, बेनिशा र नीतिबिचको प्रेमको पटकथा, देउकी प्रथाको विषयलाई दर्शकले मन पराएका छन्।

आज बिहान आयोजित फिल्मको विशेष शोमा फिल्म हेरेका अधिकांश पत्रकार र दर्शकले पनि ‘मोहर’ अपेक्षा गरेको भन्दा धेरै राम्रो बनेको बताए ।
दर्शकबाट फिल्मलाई लिएर उत्कृष्ट प्रतिक्रिया आएपछि नायक पल शाह भावुक देखिए । काठमाडौंको बीग मुभिजमा पुगेका पल आफू बोल्न नसक्ने अवस्थामा रहेको सुनाए । पलले भने–‘अहिले म बोल्न सकिरहेको छैन । एउटा कलाकारका लागि निर्देशक र टिम बलियो भयो भने उसले काम देखाउन सक्छ । यसपटक हामीले निकै मिहिनेत पनि गरेका थियौं । दर्शकको प्रतिक्रियाबाट मिहिनेत सफल भएको भन्ने लागेको छ ।’

यता, नायिका नीति शाह पनि भावुक देखिइन् । नीतिको यसअगाडिका फिल्ममा कामको आलोचना भएपनि यो फिल्ममा भने प्रशंसा भइरहेको छ । नीतिले आफूले यही क्षेत्रमा केही गर्न चाहेकाले मिहिनेत गर्नुपर्छ भन्ने सोचेको बताइन् ।

फिल्म ‘मोहर’को व्यापार भोलिका दिनमा बढ्नेमा विश्वस्त छन्, निर्माता चुम्बन जंग शाही । यता, नायिका बेनिशा हमालको पनि कामको प्रशंसा भइरहेको छ । बेनिशा पनि दर्शकबाट पाएको प्रतिक्रियाले आफू भावुक बनेको सुनाइन् ।

फिल्म ‘मोहर’ले देउकी प्रथाको कथालाई मुख्य आधार बनाएको छ । तर, पल, बेनिशा र नीतिको त्रिपक्षिय प्रेमले दर्शकलाई बाँधेर राख्ने पक्का देखिएको छ ।
फिल्मको बलियो वर्ड अफ माउथले व्यापार बढ्ने विश्वास निर्माणपक्षको छ । यो फिल्ममा पल शाह, नीति शाह, वेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, मिथिला शर्मा, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

One attachment • Scanned by Gmail

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.