काठमाडौँ। समानुभूति र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै, चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरे ’माग्ने बुढा’ ले गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहेकी एमस नेपाल इन्टरनेशनल २०२३ की विजेता सीता सुवेदीलाई ५१ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन्।
घिमिरेले सीता हाल उपचाररत रहेको सुद्धिग्राम आयुर्वेदिक अस्पतालमा पुगी, उनीसँग प्रत्यक्ष भेट गरेर सहयोग रकम प्रदान गरेका हुन्। यस अवसरमा एमस नेपाल इन्टरनेशनल प्रतियोगिताका आयोजक निशुकान्त झा पनि सहभागी थिए।
‘उहाँजस्तो सक्षम, सकारात्मक र सक्रिय व्यक्तित्व कठिन परिस्थितिमा रहनु पीडादायक कुरा हो। मेरो यो सहयोग सानो भए पनि प्रेरणा र हौसला बन्न सकोस्’ घिमिरेको भनाई थियो। उनले यस संकटको घडीमा अन्य व्यक्तिलाई पनि सहयोगमा जुट्न आग्रह गरे। एमस नेपाल इन्टरनेशनलका तर्फबाट आयोजक झाले कलाकार घिमिरेद्वारा प्रदान गरिएको आत्मीय सहयोग सद्भावना र प्रेरणादायी रहेको बताए। हास्य कलकार घिमिरेले केही अघि ललितपुरमा आयोजित नयाँ संस्करणको मिसेस नेपाल आयोजनाको घोषणाका क्रममा क्रममा एमस नेपाल इन्टरनेशनल सुवेदीलाई ५० हजार रुपियाँ सहयोग गर्ने घोषणा गरेका थिए।
विगत केही समयदेखि फोक्सोको क्यान्सरको उपचारमा रहेकी सीताले २०२३ मा एमस नेपाल इन्टरनेशनलको ताज जितेकी थिइन्। सामाजिक क्षेत्रमा पनि क्रियाशील रहँदै आएकी सीता हाल विश्रामका साथै औषधोपचारमा रहेकी छन्।
काठमाडाैं । चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोष्टर सार्वजनिक भएको छ। निर्माण टिमले आज सार्वजनिक गरेको पोष्टरमा चलचित्रका प्रमुख तीन कलाकारलाई प्रस्तुत गरिएको छ। पोष्टरमा हरिवंश आचार्य, प्रकाश सपुत र...
काठमाडौँ । नेपाली फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंको सिभिल मलमा आयोजित एक कार्यक्रमकाबीच फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय कलाकार...
काठमाडौं । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा विपना थापा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले बुधबार अनुबन्ध गरेको हो। यसअघि नीता र विपनाले फिल्म ‘ह्रस्वदीर्घ’मा सहकार्य...
काठमाडौं। नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘Echos of Himalaya’ नामक विशेष सांगीतिक कार्यक्रम साउन २३ गते साँझ नेपाल पर्यटन बोर्ड, काठमाडौंमा आयोजना हुँदैछ। कासा ब्याण्डको आयोजनामा हुन...
काठमाडौं। साउन २३ गते अर्थात् पर्सी शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । देशभरका अधिकांश मल्टीप्लेक्स हलले अग्रीम टिकट बुकिङ खुल्ला गरिसके पनि केही हलमा खुल्ने चरणमा छ । यो सिनेमाले...
काठमाडौं। दसैँको फूलपातीको अवसरमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘बलिदान’ ले आफ्नो प्रचार अभियानलाई थप सशक्त बनाउँदै ४ मुख्य पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत...