काठमाडौँ। समानुभूति र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै, चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरे ’माग्ने बुढा’ ले गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहेकी एमस नेपाल इन्टरनेशनल २०२३ की विजेता सीता सुवेदीलाई ५१ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन्।
घिमिरेले सीता हाल उपचाररत रहेको सुद्धिग्राम आयुर्वेदिक अस्पतालमा पुगी, उनीसँग प्रत्यक्ष भेट गरेर सहयोग रकम प्रदान गरेका हुन्। यस अवसरमा एमस नेपाल इन्टरनेशनल प्रतियोगिताका आयोजक निशुकान्त झा पनि सहभागी थिए।
‘उहाँजस्तो सक्षम, सकारात्मक र सक्रिय व्यक्तित्व कठिन परिस्थितिमा रहनु पीडादायक कुरा हो। मेरो यो सहयोग सानो भए पनि प्रेरणा र हौसला बन्न सकोस्’ घिमिरेको भनाई थियो। उनले यस संकटको घडीमा अन्य व्यक्तिलाई पनि सहयोगमा जुट्न आग्रह गरे। एमस नेपाल इन्टरनेशनलका तर्फबाट आयोजक झाले कलाकार घिमिरेद्वारा प्रदान गरिएको आत्मीय सहयोग सद्भावना र प्रेरणादायी रहेको बताए। हास्य कलकार घिमिरेले केही अघि ललितपुरमा आयोजित नयाँ संस्करणको मिसेस नेपाल आयोजनाको घोषणाका क्रममा क्रममा एमस नेपाल इन्टरनेशनल सुवेदीलाई ५० हजार रुपियाँ सहयोग गर्ने घोषणा गरेका थिए।
विगत केही समयदेखि फोक्सोको क्यान्सरको उपचारमा रहेकी सीताले २०२३ मा एमस नेपाल इन्टरनेशनलको ताज जितेकी थिइन्। सामाजिक क्षेत्रमा पनि क्रियाशील रहँदै आएकी सीता हाल विश्रामका साथै औषधोपचारमा रहेकी छन्।
काठमाडौं । टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन विनाको धन २’मा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् । निर्देशक बुढाथोकीले महेशसँग कागजी सम्झौता गरिसकेका छन् । फिल्ममा महेशको भूमिका कस्तो हुनेछ भन्नेबारे निर्माण...
काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ३ मिनेट ६ सेकेन्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त संकेत गरेको छ । सार्वजनिक ट्रेलरमा पारिवारिक...
काठमाडौँ । उत्तम अधिकारीको निर्देशन रहने वेब सिरिज ‘मायादेवी’ को शुभ–मुहूर्त गरिएको छ । मंगलबार कोटेश्वर स्थित महादेव मन्दिरमा पत्रकार तथा कलाकारको उपस्थितिमा सिरिजको मुहूर्त गरिएको हो । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप...
काठमाडौँ । अभिनेता जितु नेपाल द्वारा निर्माण गरिएको चलचित्र ‘आइ एम जीत बहादुर’ को पहिलो गीत सार्वजनिक गरिएको छ। आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र शिर्ष गीत ओएसआर डिजिटलको यु ट्युव च्यानल मार्फत...
सनफ्रान्सिस्को। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया शाखाद्वारा आयोजित “नेपाल डे परेड २०२६” मा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अमेरिका, सान फ्रान्सिस्को च्याप्टरले आकर्षक, सभ्य तथा प्रभावशाली सहभागिता जनाएको छ। नेपाली...
काठमाडौँ । आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र ‘मितज्यू’ को ट्रेलर सार्वजनिक गरिएको छ। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलर सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत रिलिज गरिएको हो।...