जन्मदिनमा शाहीले गरे आभाष रिलिज मिति घोषणा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
आफ्नो ३४ औं जन्मदिनको छेको पारेर निर्माता गोविन्द शाहीले आफ्नो चलचित्र आभाषको पब्लिसिटी सुरु गरेका छन्। यही छेकोमा रिलिज मिति र क्यारेक्टर पोस्टर सार्वजनिक गरियो । आगामी पुस २५ को चिसोमा सिनेमा देशब्यापी रिलिज हुने वितरक समेत रहेका शाहीले जनाए। उक्त मिति नेपाली पर्व माघे सक्रान्तिको झन्डै साताअघि हो जसको प्रभाव बक्सअफिसमा पर्ने अपेक्षा निर्माताको छ।Nisha-adhikari-aabhas-poster एडिटर बाट निर्देशनमा डेब्यु गर्न लागेका सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘आभास’को जारी क्यारेक्टर पोस्टरमा संयम पुरी र निशा अधिकारी फिचरिङ छन्। यी दुबैजनाले चलचित्रभित्र स्क्रिन सेयर गरेका छन्। चलचित्रमा निशा र संयम बाहेक सलोन बस्नेत, आस्मा डीसी र सुनिल रावलको मुख्य भूमिका रहेको छ। टीनएज लभस्टोरी ड्रामालाई तन्नेरी दर्शकले रुचाउने विश्वास निर्देशक पौडेलले लिएका छन्। केही बलिउड सिनेमा र झन्डै ८ नेपाली फिल्ममा सम्पादनको अनुभव बटुलेका डेब्यु निर्देशक पौडेलले अन्य टीनएज लभस्टोरीभन्दा आभाषलाई भिन्न रुपमा व्याख्या गरे ।
Samyam-puri
गोबिन्द शाही, पवन श्रेष्ठ र दीपक शाही निर्मित फिल्ममा सुजेन्द्र डी कार्की, छेतेन गुरुङ, प्रकाश नेपाली र निर्देशक पौडेलको संगीत तथा सम्पादन छ । पुरुषोत्तम प्रधानको क्यामेरा, गम्भिर विष्टको नृत्य, चन्द्र पन्तको द्धन्द्ध समाबेश छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.