काठमाडौँ। गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण गरिने भएको छ । शनिवार उक्त चलचित्रको पहिलो पोष्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् ।
पोष्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्ता लाई गणतन्त्र स्थापनाका लागी भएको सघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक , राजनैतिक , आर्थिक अवस्था वारे जानकारी दिन र लिन सहयोगी हुने बिस्वास व्यक्त गरे । हिजोको समाजको अवस्था बारे युवा पुस्ता लाई जानकारी दिन आवश्यक रहेको उनको भनाई थियो ।
रुद्राक्ष फिल्स प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन । भाद्र दोस्रो साता देखी चलचित्रको छायाकन सुरु गरिने निर्माण पक्षले बताएको छ । जनकान्तिको प्रर्दशनको मिति फागुन १ का लागी तय गरिएको निर्माता रुद्र प्रसाद खनालले जानकारी दिए ।
चलचित्रमा गणतन्त्र स्थापनाका लागी भएका बिभिन्न आन्दोलनहरुको पृष्ठभुमिको कथा समेटिएको निर्देशक तिमिल्सिनाले बताए । सत्य घटनामा आधारीत हुने चलचित्र नयाँ पुस्ताका युवाहरुका लागी नेपालको राजनैतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षले बताएको छ । चलचित्रको छायाँकन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला,कालिकोट, बाँके, बर्दिया र पुर्बि नेपालको धनकुटा खोटाग भोजपुर तथा तराई मधेशको सर्लाही मा गरिने छ ।
काठमाडौँ । चलचित्र विकास बोर्डले असोज १३ गतेदेखि २० गतेसम्मको एक साताको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार यो अवधि सबैभन्दा बढी कमाइ गर्न सफल फिल्म ‘बलिदान’ भएको छ। ‘बलिदान’ ले एक सातामा ३ करोड ७५ लाख ५३...
काठमाडौं । दयाहाङ राई र विजय बराल फेरि एकपटक एउटै पर्दामा यसपटक चलचित्र ‘वरिष्ठ बलराम’ मार्फत देखिँदैछन्। ‘कबड्डी’ श्रृंखलादेखि ‘जारी’सम्म साथसाथै यात्रा गरेका यी दुई कलाकार पुनः जोडी बाँधेर आएका हुन्। चलचित्रका पोस्टर, मोसन...
नेपालगञ्ज। बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘माइतीघर’ ले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । दशैंपछि चलचित्रको व्यवसायले सन्तोष जनक अवस्था पार गर्दैछ । यसैबीच, मंगलवार यो चलचित्रले...
काठमाडौँ। विराज भट्ट नेपाली फिल्म उद्योगका एक चर्चित एक्सन हिरो हुन् । सुदूरपश्चिम नेपालका स्थायी बासिन्दा उनले शुरुवाती दिनमा सहायक भूमिकाबाट फिल्म क्षेत्रमा प्रवेश गरे । पछि उनले मुख्य भूमिकामा अभिनय गर्दै थुप्रै...
काठमाडौं । दसैंको पूर्णिमाको अवसर पारेर चलचित्र ‘मैझारो’ मा समावेश दोस्रो गीत ‘साकेला नाचौ’ सार्वजनिक गरिएको छ। चलचित्र को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले दर्शकमा उत्सुकता थप्ने उद्देश्यले यो गीत सार्वजनिक गरेको हो।...
काठमाडौँ । फूलपातीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘माइतीघर’ले दर्शकमाझ निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। पहिलो दिनदेखि नै हलमा उल्लेख्य भीड देखिएको छ भने सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रको व्यापार अघि बढी रहेको छ।...