काठमाडौँ। गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण गरिने भएको छ । शनिवार उक्त चलचित्रको पहिलो पोष्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् ।
पोष्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्ता लाई गणतन्त्र स्थापनाका लागी भएको सघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक , राजनैतिक , आर्थिक अवस्था वारे जानकारी दिन र लिन सहयोगी हुने बिस्वास व्यक्त गरे । हिजोको समाजको अवस्था बारे युवा पुस्ता लाई जानकारी दिन आवश्यक रहेको उनको भनाई थियो ।
रुद्राक्ष फिल्स प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन । भाद्र दोस्रो साता देखी चलचित्रको छायाकन सुरु गरिने निर्माण पक्षले बताएको छ । जनकान्तिको प्रर्दशनको मिति फागुन १ का लागी तय गरिएको निर्माता रुद्र प्रसाद खनालले जानकारी दिए ।
चलचित्रमा गणतन्त्र स्थापनाका लागी भएका बिभिन्न आन्दोलनहरुको पृष्ठभुमिको कथा समेटिएको निर्देशक तिमिल्सिनाले बताए । सत्य घटनामा आधारीत हुने चलचित्र नयाँ पुस्ताका युवाहरुका लागी नेपालको राजनैतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षले बताएको छ । चलचित्रको छायाँकन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला,कालिकोट, बाँके, बर्दिया र पुर्बि नेपालको धनकुटा खोटाग भोजपुर तथा तराई मधेशको सर्लाही मा गरिने छ ।
काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको चलचित्र ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। आगामी वैशाख २५ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको...
काठमाडौँ। निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘कार्की साइँला’को छायांकन सम्पन्न भएको छ। सुटिङ सुरु भएको २१ दिनमै फिल्मको सम्पूर्ण छायांकन सकिएको हो। निर्देशक बस्नेतका अनुसार धनकुटाबाट सुरु गरिएको छायांकन...
काठमाडौं। षट्कोण आर्ट्सको निर्माणमा तयार भएको फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ यतिबेला दर्शकमाझ लोकप्रिय बन्दै गएको छ। गत शुक्रबार सार्वजनिक गरिएको गीतले छोटो समयमै उल्लेखनीय दर्शक पाउँदै युट्युबमा करिब १५...
काठमाडौं । निर्देशक मधुसुधन भट्टराईको फिल्म ‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार निर्माण टिमले ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा एउटै गाउँका तीन दाजुभाइ विनोद न्यौपाने, कुशल...
काठमाडौं। काली रानी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘पाँच पाण्डव’ को छायांकन सुरु गरिएको छ। सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा शुभमुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो।...
काठमाडौं । आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’ को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो। सार्वजनिक...