´शिरिषको फूल’मा सुयोगवीरको भूमिकामा देखिँदै जीवन लुइँटेल  !


काठमाडौँ। अभिनेता जीवन लुइँटेल अब रंगमञ्चमा देखिने भएका छन्। कान्तिपुर थिएटरले साउन १ गतेदेखि मञ्चन गर्न लागेको बहुप्रतीक्षित नाटक ‘शिरिषको फूल’ मा उनी मुख्य पात्र सुयोगवीर को भूमिकामा देखिने भएका हुन्।

साहित्यकार पारिजातको कालजयी उपन्यासमा आधारित यस नाटकमार्फत लुइँटेलले अमेरिका बसाइपछि पहिलोपटक अभिनयमा कमब्याक गर्न लागेका हुन्। नाटकको लेखन र निर्देशन कान्तिपुर फिल्म एकेडेमीकी विद्यार्थी पत्रिका घिमिरे ले गरिरहेकी छन्।

कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका सिईओ प्रकाश पुरीका अनुसार नाटक मञ्चन  कै लागि लुइँटेल आगामी साता नेपाल आउँदै छन्। उनले भने, ‘हामीलाई साहित्यमा पकड र अभिनयमा गहिरो अनुभूति भएको  उमेर र अनुभवका आभारमा परिपक्व पात्र चाहिएको थियोत्यसैले उहाँलाई प्रस्ताव गर्यौँ 

नाटकमा प्रमुख पात्र सकम्बरी को भूमिकामा कसले अभिनय गर्ने भन्नेबारे भने हालसम्म खुलाइएको छैन। अब सुयोगवीर  पछी ‘शिरीषको फूल की मुख्य पात्र सकम्बरीको भुमीकामा को देखीने हो भन्ने जिज्ञासाले सबैको ध्यान खीचेको छ ।

पुरीका अनुसार दर्शकले लामो समयपछि जीवनलाई रंगमञ्चमा देख्दा उत्साहका साथ स्वागत गर्नेछन्। ‘उहाँको कमब्याकको लागि रंगमञ्च एकदम उपयुक्त माध्यम हो,’ उनले बताए।

गत महिना कान्तिपुर थिएटरले रेखा थापाको मुख्य भूमिकामा मञ्चन गरेको नाटक ‘मीरा’ ले चर्चा कमाएको थियो। अब भने ‘शिरिषको फूल’ जीवन लुइँटेलको कमब्याकसँगै थप चासोको विषय बनेको छ। पछिल्लो समय उनी अमेरिका बसोबास गर्दै आएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.