रुपेश तामाङको नयाँ एक्सन फिल्ममा पूजा शर्मा फाइनल


काठमाडौँ । ‘दान्भी’मार्फत निर्देशनमा डेब्यू गरेका रुपेश तामाङ नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन्। मल्टिस्टार कास्ट रहने उक्त फिल्मलाई एक्सन जनरामा निर्माण गरिने भएको छ।

फिल्मका लागि कलाकार छान्ने प्रक्रिया तीव्र गतिमा चलिरहेको छ। यसै क्रममा नायिका पूजा शर्मा फाइनल भएकी छन्। निर्देशक तामाङले शर्मालाई उनकै जन्मदिनको अवसर पारेर अनुबन्धन गरेका हुन्।

“मेरो कथाले पूजा शर्मालाई नै खोजेको थियो, त्यसैले उहाँलाई साइन गरेका हौं,” निर्देशक तामाङले भने, “यो फिल्ममार्फत अघिल्ला कमजोरी सुधार्दै अगाडि बढ्ने प्रयास हुनेछ।”

नायिका शर्माले पनि पुनः एक्सन फिल्ममा काम गर्न पाउँदा खुसी लागेको बताइन्। “दान्भीको एक्सनलाई दर्शकले रुचाउनुभएको थियो,” उनले भनिन्, “त्यही रुचिका कारण फेरि एक्सन फिल्ममा काम गर्न मन थियो। रुपेशजीले राम्रो कथा लिएर आएकाले साइन गरेकी हुँ।”

निर्देशक तामाङका अनुसार फिल्मको नाम हाल तय गरिएको छैन। केही दिनमै नाम फिल्म विकास बोर्डमा दर्ता गरी सार्वजनिक गरिनेछ। फिल्मको स्क्रिप्ट सुमन गजमेरले लेखिरहेका छन्। निर्माणपक्षले केही महिनाभित्र छायांकन सुरु गर्ने तयारी गरिरहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.