काठमाडौँ। नयाँ बर्ष ०८२ को अवसर पारेर नयाँ फिल्म ‘जदौ’ निर्माण घोषणा गरिएको छ । भद्रकाली मन्दिरमा सोमबार त्रिकन्याको बाहुलीबाट स्क्रिप्ट पूजा गरि टाइटल डिजाइन सार्वजनीक गरिएको हो । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिको संयुक्त निर्माण रहेको फिल्मको लेखक काजी लिम्बू हुन् । निर्देशक,कलाकार तथा प्राबिधिक बारे बिस्तृतमा केही समयपछि जानकारी दिइने समिश्रण मुभीजका अध्यक्ष अन्जन शर्माले बताए । अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्मका दृश्य गाउँ र काठमाडौंमा खिचिने बताइएको छ । ‘जदौ’ ०८२ सालभित्रै दर्शकमाझ ल्याइने योजना निर्माण पक्षको छ ।
सम्बधित पोस्टहरु
रेखा र पुजाको ‘३६ को आँकडा’ फस्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको चलचित्र ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन्। प्रहरी अधिकारीको भूमिकामा...
‘बलिदान’ को टिजर सार्वजनिक, क्रोध र देशभक्तिको ज्वाला
काठमाडौं। चलचित्र ‘बलिदान’ को टिजर सार्वजनिक गरिएको छ। सन्तोष सेनको निर्देशनमा तयार भएको यस टिजरले केही सेकेन्डमै दर्शकको मनमा क्रोध, देशभक्ति र न्यायको तृष्णा जगाएको छ। यस वर्षको बडादसैँको फूलपातीको दिन रिलिज हुने यो चलचित्रको...
‘अभिमन्यु : च्याप्टर–१’को पहिलो गीत ‘लड्की गोरी’ सार्वजनिक
काठमाडौँ । चलचित्र अभिमन्यु : च्याप्टर–१ को पहिलो गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ । भोजपुरी लवजमा भए पनि नेपाली भाषामा तयार भएको यो गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी रहेको छ। स्वरमा प्रशान्तलाई प्रेरणा सिंहले साथ...
‘होस्टेल ३’ अब भारतका ५० भन्दा बढी हलमा प्रदर्शन हुने
काठमाडौं । नेपालमा लगातार ५१ दिनसम्म प्रदर्शन भएको नेपाली चलचित्र ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुँदैछ। सशान कँडेलको निर्देशनमा बनेको यो चलचित्र आगामी सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी...
‘कोशेढुंगा’ मा सुरक्षाको जोडी को हुन् ?
काठमाडौं । महिला केन्द्रीय कथावस्तुमा आधारित चलचित्र ‘कोशेढुंगा’मा नायिका सुरक्षा पन्त मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ। यसको थिम पोस्टरले नै महिला पात्रको नेतृत्व स्पष्ट संकेत गरिसकेको थियो, जुन कुरा गीतले झन् प्रष्ट पारेका...
‘राम नाम सत्य’ को शुभमुहुर्त सम्पन्न, चैत्र २७ बाट प्रदर्शन हुने
काठमाडौं। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुने फिल्म ‘राम नाम सत्य’ आज ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै शुभमुहुर्त गरिएको छ। काठमाडौंमा छायांकन सुरु हुने फिल्मको केही दृश्य चितवनमा पनि खिचिने छन्।...