काठमाडौँ। मोडल तथा अभिनेता पल शाह अब निर्माता बन्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो फिल्मको घोषणा गरिएको छ । पल शाह फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘यानीमाया’ राखिएको छ । यो फिल्मलाई विकास सुवेदीले निर्देशन गर्दैछन् । विकासले फिल्म ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ को कथा लेखेका थिए । यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।
फ्यामिली ड्रामा फिल्मको स्क्रिप्ट पनि निर्देशक विकास सुवेदीले नै लेखेका हुन् । फिल्मको छायांकन असारबाट सुरु गरिने जानकारी निर्माणपक्षले दिएको छ । फिल्ममा कलाकारहरु फाइनल गर्न बाँकी रहेको निर्देशक सुवेदीले बताए ।