‘कल्ली’ कात्तिक २१ गतेबाट प्रदर्शनमा


काठमाडौं। जुम्लामा छायांकन भइरहेको फिल्म ‘कल्ली’ कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ। तिहारको दुई साता पछाडि रिलिज हुने फिल्मको मिति निर्माण पक्षले सार्वजनिक गरेको हो।

काफिया फिल्मस् र कुबेर फिल्मस् मार्फत फिल्म काठमाडौंसहित देशभरका सहरहरूमा वितरण गरिनेछ। प्रस्तुतकर्ता किरण नेपालीका अनुसार वितरकहरूसँगको सल्लाहपछि प्रदर्शन मिति तय गरिएको हो।

लक्ष्मण सुनारको कथा र निर्देशनमा तयार भएको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्। हिमाल कडेरिया र अमला देवी राई निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली छन्।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, उत्तम प्रधान, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपालीको अभिनय रहेको छ।

निसाल पौडेलको छायांकन रहेको फिल्मको कथावस्तु भने सार्वजनिक गरिएको छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.