हिम्मतवाली रेखा नीयम उलंघन गर्दै


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नायिकाबाट निर्मात्री हुँदै निर्देशक समेत बनेकी रेखा थापाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘हिम्मतवाली’यस पालिको फूलपाती अर्थात् असोज १५ गते बुधबार बाट प्रदर्शनमा आउन लागेको छ। धेरै वर्ष अघि देखि निर्माता संघ र चलचित्र प्रदर्शक बीच समहतिमा नेपाली चलचित्र लाई सुक्रबार मात्र रिलिज गर्ने गरिएको थियो यो पटक रेखाले यो नियम उलंघन गर्दै छिन्। यदा कदा कुनै समय बिहिबार उपत्यका बाहिर चलचित्र प्रदर्शन भएको सुन्नमा आएको थियो तर राजधानीमा सुक्रबार मात्रै चलचित्र प्रदर्शनमा आउने गरेका थिय।Himmatwali गत वर्ष फूलपाती कै दिन रेखाको चलचित्र काली प्रदर्शनमा आयको थियो। चलचित्र काली ब्यबसायिक रुपमा सफल पनि बनेको थियो। हिम्मतवाली सुक्रबार रिलिज कुर्दा दशमीको दिन पर्ने थियो। नियम बिना दुइ दिन अघि रिलिज हुँदा रेखालाई कतिको फाइदा होला? नेपाली चलचित्र उद्योग अहिले धरासायिकअबस्थामा छ एक दुइ चलचित्रले राम्रो व्यापार गरे भने उद्योगलाई फाइदा पुग्छ तर नियम उल्लङ्घन गर्नु कत्तिको जायज होला? यसै गरि नियम मिचेर जुनबार पनि चलचित्र प्रदर्शन गर्न थालियो भने झन् उद्योग कता पुग्ला सोच्न जरुरि छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.