दुर्गेश थापाको स्वरमा ‘कर्मा’ को शिर्ष गीत सार्वजनिक


काठमाडौं । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा शब्द तथा संगीत पनि दुर्गेश स्वयंको छ । असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतले जस्तो मान्छे त्यस्तै व्यवाहार हुने सत्यलाई उजागर गरेको छ ।

गीतमा एरेन्ज पनि दुर्गेशले नै गरेका छन् । ब्याकग्राउन्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको छ । गीतको भिडियोमा चलचित्रका मुख्य विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन् ।

ट्रेलरले राम्रो हाइप बनाइरहेको अवस्थामा दुर्गेशको गीतले यसलाई थप हाइप दिने अपेक्षा निर्माणपक्षको छ । विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन् ।

‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदैछ । यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.