‘कर्मा’ ट्रेलरले युट्युब ट्रेन्डिङमा नेपालसहित तीन देशमा स्थान बनायो


काठमाडौं। चलचित्र ‘कर्मा’ को ट्रेलर युट्युब ट्रेन्डिङमा आएको छ। नेपालसहित कतार, कोरिया र जापानमा ट्रेलरले युट्युब ट्रेन्ड समातेको छ। नेपालमा मुभी सेक्सनको छैटौं स्थानमा रहेको ट्रेलरले सिनेमा रिलिजको हाइप थपाएको छ।

बिहीबार सार्वजनिक गरिएको ट्रेलरले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा यसले दर्शकको ध्यान आकर्षित गरिरहेको छ।

निर्देशक सौरभ चौधरीको निर्देशनमा बनेको सिनेमामा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत र सुज्यान सिलवाल जस्ता कलाकारको अभिनय छ। ट्रेलरमा एक निर्दोष युवक कसरी भ्रष्ट समाजका कारण अपराधको सिकार बनिन्छ भन्ने देखाइएको छ।

एक्सन, ड्रामा र सस्पेन्स मिश्रित कर्मा को कथा निर्देशक चौधरीले आफैले लेखेका हुन्। चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ।

चलचित्र चैत २९ गते नेपाल र विदेशमा एकसाथ रिलिज हुँदैछ। यसमा भास्कर स्वाँरको संगीत, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.