क्षितिज सापकोटाको आधिकारिक युट्युब च्यानलबाट भजन ‘हे राम राम’ सार्वजनिक


काठमाडौ। लोकप्रिय गीतकार तथा गायक क्षितिज सापकोटाले नयाँ धार्मिक भजन ‘हे राम राम’ सार्वजनिक गरेका छन्। भजनलाई उनको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो। हाल अस्ट्रेलियाको एडिलेडमा बसोबास गरिरहेका सापकोटा नेपाली संगीतको श्रीवृद्धिमा निरन्तर योगदान दिइरहेका छन्। प्रवासमा रहेर पनि उनले नेपाली भजन, आधुनिक गीत र लोकगीतमा आफ्नो सशक्त उपस्थिति जनाउँदै आएका छन्।

यस भजनका शब्द क्षितिज सापकोटा, शम्भु सुवेदी, र रामकृष्ण शर्माले लेखेका हुन्। दीपकराज विश्वकर्माले संगीत भरेका छन् भने संगीत संयोजन सञ्जय श्रीपालले गरेका छन्। भजनको मिक्सिङ र मास्टरिङ समेत दीपकराज विश्वकर्माकै रहेको छ।

गीतमा लोकप्रिय गायिका रचना रिमाल को सुमधुर स्वर रहेको छ, जसले भजनलाई झनै भक्तिमय बनाएको छ। भजनको भिडियोमा रचना रिमाललाई भक्ति भावमा प्रस्तुत गरिएको छ भने अन्य कलाकारहरूलाई पनि धार्मिक वेषभूषामा देख्न सकिन्छ।

भजनको निर्देशन दीपकराज विश्वकर्माले गरेका छन्। छायांकन दुर्गा श्रेष्ठ, सम्पादन तथा कलर ग्रेडिङ डिन्सन शाहको रहेको छ। आई क्याच स्टुडियोको पोस्ट-प्रोडक्सनमा तयार भएको यो भिडियोले दर्शकलाई आध्यात्मिक अनुभूति दिने अपेक्षा गरिएको छ।

क्षितिज सापकोटाको गीतसंगीत सृजनाले नेपाली संगीतको धार्मिक विधालाई उचाइमा पुर्‍याउने विश्वास गरिएको छ। ‘हे राम राम’ भजन हिन्दू धर्मावलम्बीहरूका लागि आस्था र श्रद्धाको प्रतीक बन्ने आशा गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.