चलचित्र ‘कर्मा’मा दुर्गेश थापाको आवाज


काठमाडौ । गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’का लागि गीत गाएका छन्। सौरभ चौधरीको निर्देशनमा बनेको यो चलचित्रमा थापाले गाएको गीत समावेश हुनेछ।

नयाँ वर्ष २०८२ लक्षित गर्दै ‘कर्मा’ चैत २९ गते नेपालसहित विदेशमा रिलिज हुँदैछ। विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाललगायतको मुख्य अभिनय रहेको यस चलचित्रमा एक्सन, ड्रामा र सस्पेन्सको मिश्रण छ।

यसैबीच, निर्माण टिमले आज साँझ सुशान्त केसीको स्वरमा रहेको ‘पागल पागल जस्तै’ बोलको गीत सार्वजनिक गर्ने तयारी गरेको छ। पार्श्व गायनमा डेब्यु गरेका केसीले गीतमा शब्द, संगीत र स्वर प्रदान गरेका छन्।

चलचित्रको संगीत निर्देशन भाष्कर स्वाँरले गरेका छन् भने द्वन्द्व निर्देशन श्री श्रेष्ठको रहेको छ। अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.