चलचित्र विकास बोर्डमा सन्तोष बाबु लोहनी, राजु खत्रीको बिदाइ


काठमाडौं । नेपाल सरकारले चलचित्र विकास बोर्डको सदस्यमा सन्तोष बाबु लोहनीलाई नियुक्त गरेपछि आइतबार उनलाई स्वागत गर्दै निवर्तमान सदस्य राजु खत्रीलाई बिदाइ गरिएको छ। खत्रीको कार्यकाल चैत्र १८ सम्म रहे पनि सार्वजनिक बिदाका कारण आइतबार नै उनलाई औपचारिक बिदाइ गरिएको हो।

लोहनी नेपाली चलचित्र क्षेत्रमा निर्देशक, अभिनेता र निर्माता रूपमा स्थापित नाम हुन्। उनले ‘अपमान’ चलचित्रबाट अभिनय सुरु गरेका थिए भने ‘नारी, द वुमन’ र ‘शुभलभ’ निर्देशन गरिसकेका छन्। ‘जय विजय’ लगायतका चर्चित चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका लोहनीले ‘सतरङ्गी’ र ‘हलो नेपाल’ टेलिभिजन कार्यक्रमहरू निर्माण तथा प्रस्तुति पनि गरेका छन्।

बोर्डको ७४५औं बैठकले लोहनीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। साथै, उनलाई बक्स अफिस कार्यान्वयन, अन्तर्राष्ट्रिय प्रवर्द्धन, आर्थिक सहयोग सिफारिस र मोफसल चलचित्र मूल्याङ्कन समितिको संयोजकको जिम्मा दिइएको छ।

राजु खत्रीले बोर्डमा रहँदा नेपाली चलचित्र प्रवर्द्धन, नीति निर्माण र विकासमा योगदान पुर्याएका थिए। बोर्डले उनको सेवाको उच्च मूल्यांकन गर्दै आभार व्यक्त गरेको छ।

नयाँ जिम्मेवारी सम्हाल्दै लोहनीले चलचित्र क्षेत्रको प्रवर्द्धन, गुणस्तरीय सुधार र अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। बोर्डले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.