हेर्दैमा मात लाग्यो सुमिना लाई (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
मङ्सिर १९ गते सार्बजनिक प्रदर्शन हुने चलचित्र ‘रंग बैजनी’प्रचार प्रसारमा जुटेको छ। चलचित्रको अर्को एक गीत पनि सार्बजनिक गरिएको छ। दीप प्रधानको संगीतमा शितल मोक्तानको आवाज रहेको गीतको शब्द रमण घिमिरेले लेखेका हुन्। पुराना तथा बरिस्ट निर्देशक शम्भु प्रधानले निर्देशन गरेको चलचित्रमा अहिलेको युवा पुस्ता लाई समेटेर चलचित्र निर्माण गरिएको छ। उनकी श्रीमती नुतन प्रधानको कथामा शम्भुको एक्सन कटलाई उनका छोरा सशांक प्रधानले खिचेका हुन्।
Rang-Baijani-sumina
गीतमा चलचित्रका दुइ प्रमुख पात्र नायक दिक्पाल कार्की र नायिका सुमिना घिमिरेलाई फिचर गराईएको छ। सार्बजनिक उक्त गीत लाई बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन्। यहाँ नहेरन त्यसरी मलाई मत लाग्छ बेसरी भन्दै सुमिना घिमिरेले स्टेज पर्फर्मेन्स गर्दै छिन।

Copyright © 2012 - 2026 | All Right Reserved.