चलचित्र ‘कर्मा’ अभिनेत्री उपासनाको क्यारेक्टर लुक्स सार्वजनिक


काठमाडौं । चलचित्र ‘कर्मा’ को मुख्य अभिनेत्री उपासना सिंह ठकुरीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक लुक्समा उनी सामान्य कुर्थासुरुवालमा देखिएकी छन् । मोर्डन युवतीभन्दा पनि उनी गाउँबाट सहर आएकी युवतीजस्तो देखिएकी छन् ।

‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको थियो । चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदैछ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन सिनेमा हो । ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.