विराजले साइन गरे चलचित्र ‘राम नाम सत्य’


काठमाडौँ। अभिनेता विराज भट्टले चलचित्र ‘राम नाम सत्य’ मा काम गर्ने भएका छन् । फिल्मका निर्देशक माइकल चन्द र अभिनेता विराज भट्ट विच सोमबार कागजी संझौता भएको छ । चलचित्र ‘राम नाम सत्य’ को कथावस्तु र पटकथा निकै मन परेपछि विराज यो फिल्ममा काम गर्न तयार भएका हुन् ।

म्युजिक भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो फिल्मको निर्देशन गर्न लागेका हुन् । फिल्ममा कथा पनि उनको नै छ । फिल्मको छायांकन आउँदो वर्षबाट सुरु गर्ने योजना माइकलको छ ।

फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भइसकेको छ । फिल्ममा उत्तम गुरुङ, उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहनेछ । नरेन्द्र शाह र सन्तोष अर्याल फिल्मका कार्यकारी निर्माता हुन् ।

यो फिल्मलाई एक्सन, लभ स्टोरी, कमेडीको कथामा निर्माण गरिनेछ । निर्देशक चन्दले दर्शकले यो फिल्ममा केही फरक र विशेष गर्ने योजना लिएका कारण नै प्रि–प्रोडक्सनमा समय लगाएको बताए ।