‘भूठान’ हलिउड डिष्ट्रिब्यूटर कम्पनी बफेलो एटले वितरण गर्ने


काठमाडौँ। हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउडको डिष्ट्रिब्यूटर कम्पनी बफेलो एटले वितरण गर्ने भएको छ । अमेरिकामै रहेका चलचित्रका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार बफेलो एटका डाइरेक्टर ज्याकब सिल्भेरासँग हालै वितरण सम्झौता भएको हो । बफेलो एटले यसअघि अस्कर अवार्डमा गएको फिल्म विमेन अफ द आवर लगायत टेरिफाएर थ्रि, निकोलस केज अभिनित फिल्म आर्केडियन,रोबर्ट डि निरो अभिनित वास मि इन द रिभर पनि वितरण गरिसकेको छ ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द , ऋचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेकाछन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

विनोद पौडेलको यो दोस्रो निर्देशकीय चलचित्र हो,उनले यसअघि ‘बुलबुल’ निर्देशन गरेका थिए । चलचित्रको प्रचारप्रसारको लागि निर्देशक पौडेल र अर्का निर्माता सुशांक मैनाली केही दिनअघि नेपाल आईसकेका छन् ।

नेपालमा रहेका निर्माता अविरल थापा यस चलचित्र मार्फत हरिवंश आचार्यको नयाँ जन्म हुने र नेपाली दर्शकले नेपाली निर्देशकले हलिउडमा गएर बनाएको विश्वस्तरको सिनेमाको स्वाद चाख्न पाउनेमा विश्वस्त रहेको बताउँछन् ।

भुटानदेखि भारत,नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुले थातथलो छोड्नुपर्दा आफ्नो घर हराएको कथा र अस्तित्वको खोज समेटेर बनेको यस चलचित्र’ भूठान’ को अधिकांश छायाँकन अमेरिकामै भएको छ ।

यस चलचित्रको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी,अमिताव जोशी र अविरल थापा ,ुसुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । साथै कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी , ,कौशिला खनाल –कर्माचार्य,रमेश भट्ट,अपार श्रेष्ठ ,भुवन प्याकुरेल छन् भने सह निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं)र नवराज पराजुली छन् । यसका अलावा दिपक गजमेर लाईन प्रड्युसर र एसोसियट प्रड्युसरमा एली बोहरा रहेका छन् ।

चलचित्रमा सुसन प्रजापतिको छायाँकन,अन्जय खड्काको सम्पादन,डिकेश खडगी शाहीको ध्वनी,श्यामबरण केमको संगीत, सुर्य शाहीको कास्टीङ्ग, उज्जवल श्रेष्ठको पव्लिसिटि डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहको छ । किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल र समुन्द्र राज घिमिरेले निर्देशनमा सहयोग गरेकाछन् ।

यस चलचित्रलाई ठकुराठी ब्रोज,भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट,अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो । नेपालमा भने यसको वितरण आरआर फिल्मस्ले गर्नेछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.