चलचित्र ‘द्रौपदी’ को पहिलो गीत सार्वजनिक


काठमाडौं । चैत ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘द्रौपदी’ को ‘कर्णाली काटौला’ बोलको गीत सार्वजनिक गरिएको छ । वान सिनेमा,नयाँ बानेश्वरमा बिहीवार प्रेसमिट गरि रवी ओड र इन्द्रकला राईले गाएको सो गीत दर्शक माझ ल्याइएको हो ।

निर्देशक ऋषिराज आचार्यको शब्द र रबि ओडको संगीत रहेको गीतमा डेब्यु अभिनेत्री आश्वीनी शाही,निर्देशक ऋषिराज स्वयम्,गायक रबि र सुजाता तिमिल्सीना प्रेमील भावमा प्रस्तुत भएका छन ।

डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको फिल्मको गीतको कोरियोग्राफी बिष्णु ठडराईले गरेका छन । प्रेसमिटमा निर्देशक आचार्यले आफुले अत्यन्तै मौलिक बिषयबस्तुमा फिल्म निर्माण गरेको बताए । उनले कथाको माग अनुसारनै फिल्ममा नव कलाकारहरुको बर्चश्व रहन गएको जानकारी दिए ।

डेब्यु अभिनेत्री आश्वीनी शाहीले ‘द्रौपदी’ बाट आफू निकै आशावादी रहेको बताइन । फिल्मको छायांकन डोल्पामा करिब डेढ महिनासम्म गरिएको थियो । यही फिल्मबाट ठूलो पर्दाको अभिनयमा डेब्यु गरेका गायक रबिले आफुले पाएको चरित्र र भुमिकामा न्याय गर्ने कोसिस गरेको बताए । उनले आफुलाई मन परेको र गर्न सक्छु भन्ने लागेकाले अभिनय गरेको प्रस्ट पार्दै आफू सुहाउँदो भुमिका पाएमा अभिनयलाई निरन्तरता दिने बताए ।

चलचित्रमा आश्वीनी शाही,रबि ओड, कबिराज , जेल्सन अधिकारी, सुजाता तिमल्सिना , बिस्णु ठडराई ( सुबास ), प्रकाश ज्ञवाली ,सीता बौडेल, सुरज अधिकारी र ऋषिराज मुख्य भुमिकामा छन । निर्देशक ऋषिराजकै लेखन,गीत अनि निर्माण रहेको फिल्मको सम्पादन अनिल महर्जनले गरेका हुन । सौरभ शर्माको पार्श्व संगीत रहेको फिल्म मोहनकुमार झिल्लुले खिचेका हुन ।

आर बि मुभिजको ब्यानरमा बनेको फिल्मको सहनिर्मातामा ऋतु आचार्य र बिष्णु ठडराई छ्न । फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट ,एफ डि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा बितरण गर्दैछ ।