चलचित्र ‘हन्टर’ को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक


काठमाडौं । चलचित्र ‘हन्टर’ को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।

पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् । उनको अनुहारमा रगत लतपतिएको छ । यसले उनी एक्सन भूमिकामा रहने बताउँछ ।

जीवन सिंहले यो चलचित्रलाई निर्देशन गर्नेछन् । क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्नेछ । चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन् । ममता सिहं, राज ए भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द र गोविन्द राज सह-निर्माता रहेका छन् । यस सिनेमाका कार्यकारी निर्माता रोयल भिमसेन रहेका छन् । प्रि–प्रोडक्सनमा रहेको चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.