डन्ट ब्रेक माई हार्ट मलेसियामा प्रदर्शन हुँदै


(सेलिब्रेटी नेपाल) काठमाडौँ
चलचित्र ‘डन्ट ब्रेक माई हार्ट’मलेसियामा प्रदर्शन हुने भएको छ। चलचित्रको अधिकांस सुटिंग नेपालको पुर्ब इलाम र धरानका विभिन्न ठाउँमा गरिएको चलचित्र ‘डन्ट ब्रेक माई हार्ट’मलेसियाको विभिन्न सहरमा च्यारिटी शो गर्न लागिएको हो। मलेसियामा बस्दै आएका नेपाली हरुलाई नेपाली चलचित्र प्रदर्शन गरेर मनोरंजन गराउनु र खस्कंदै गरेको चलचित्रको बजार लाई उकास्नु चलचित्र प्रदर्शक टिमको उदेश्य रहेको छ।dont-brek-my-heart-poster
चलचित्रमा माधव केसी,आकाश आचार्य, इशा गौतम, कबिशा श्रेष्ठ, कल्पना पाण्डे,शम्भु भट्टराई, कृष्ण न्यौपाने, पुजा श्रेष्ठको मुख्य भूमिका रहेको छ।दिनेश पौडेलको निर्देशनमा बनेको चलचित्रलाई अनिल बुढाथोकी र डम्बर श्रेष्ठले मिलेर निर्माण गरेका हुन्। चलचित्रमा द्वन्द कुमार श्रेष्ठ ,डान्स कविराज,क्यामेरा महेन्द्र थापा,संगीत राम कार्की र ओम सुनुवार, पटकथा प्रेम बास्तोलाको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.