कलाकार भानुलाई पितृ शोक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
झापा जिल्लामा जन्मियर कलाकारितामा उदाउदै गरेका कलाकार भानु प्रताप लाई पितृ शोक परेको छ। उनका पिता माधव प्रसाद ढकालको गत सोमबार शिनामंगलको केएमसी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको हो। निमोनीया विग्रिएर फोक्सोमा पानी जमेको कारणले करीव १५ दिन अगाडी देखी उनलाई नयाँबानेश्वरको एभरेस्ट अस्पतालमा राखीएको थियो। उक्त अस्पतालले उपचार गर्न नसक्ने भन्दै केएमसी सिनामंगल अस्पतालमा पठाएको ३ दिनमै निधन हुन पुगेको पारीवारीक श्रोतले जानकारी गरायो।Bhanu-Father
भानु अभिनित ‘दलाल’प्रदर्शन भइ सकेको छ उनको अर्को चलचित्र टिचर प्रदर्शनको पर्खाइमा रहेको छ। अर्को चलचित्र बर्दी प्रदर्शनको पर्खाइमा रहेको छ। कलाकार भानु प्रतापको परिवार लाई पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन। उनका पिता माधव प्रसादको आत्माले शान्ति पाओस। शोक सन्तप्त परिवार प्रति सेलिब्रेटी नेपालको तर्फ बाट हार्दिक समबेदना।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.