झोला अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्दै


साहित्यकार कृष्ण धराबासीको कृतिमा आधारित यादव भट्टराई द्वारा निर्देसित चलचित्र ‘झोला’ ओस्कार अवार्डमा जाने भएको छ ‘झोला’ ८७ औँ संस्करणको ओस्कार अवार्डको लागी छनोट भएको हो। विदेशी भाषी सर्बोत्कृष्ट चलचित्र छनोट समिति नेपालले एक बिज्ञप्ती मार्फत सति प्रथाको ऐतिहासिक कथामा आधारित चलचित्र ‘झोला’लाई ओस्कारमा पठाउने निर्णय भएको जानकारी गराएको हो।Jhola-poster
२०१५ फेब्रुवरी २२ तारिखमा हुने ओस्कारको लागी नेपालबाट ‘झोला’ छानिएको बिज्ञप्तीमा उल्लेख छ। अब ओस्कारमा चलचित्रले बिदेशी भाषी विधाको लागी प्रतिष्पर्धा गर्नेछ। नायिका गरिमा पन्तले ‘झोला’बाट निकै प्रशंशा प्राप्त गरिन। उनले चलचित्र ‘झोला’बाट साउथ एसियाकै उत्कृस्ट अवार्ड समेत हात पर्न सफल बनिन। सति प्रथाको कथा लाई समेटेको चलचित्रले अस्कर अवार्डमा सहभागी हुनु नेपाली चलचित्र क्षेत्रकै लागि राम्रो कुरा हो।

Copyright © 2012 - 2026 | All Right Reserved.