कलाकार शान्ति गिरीले चढीन फुजी हिमाल अब सगरमाथा चढ्ने


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली चलचित्र “नबोलेनी हाँसि राख न” की नायिका शान्ति गिरीले जापानको फुजी हिमालको सफलतापुर्वक आरोहण गरेकी छिन। चलचित्र शीशामा पनि अभिनय गरेकी शान्ति बिगत केहि वर्ष देखि जापान र नेपाल आउने जाने गर्ने गर्दछिन। धापाखेल ललितपुर निवासी शान्ति गिरी प्रकृति प्रेमी भएकीले नेपालको विभिन्न स्थानमा ट्रेकिङ्ग समेत गरि सकेकी छिन। सगरमाथा आरोहण गर्नको लागि पर्वतारोहण संघबाट ६००० मिटरको उचाई चढ्नु पर्ने भएकोले २०१३ मा आईल्याड् पिक ६२०० मिटर उचाईको हिमाल आरोहण गरेकी उनले विश्वको सुन्दर मानीने फुजी हिमालमा पाइला टेक्ने नेपालको पहिलो सेलीब्रेटी शान्ति हुन्। विदेशीहरु हिमाल चढ्नको लागि नेपाल आउछन् भने नेपालीहरु पनि त्यसकै लागि विदेश जान्छन्।
Fuji-Mountain
अध्यात्मिक चिन्तन मननमा रमाउने शान्ति प्रत्येक मानिस मनको आवाज सुन्नुपर्छ र भगवानलाई विश्वास गर्नुपर्छ र आफ्नो भविश्य पनि भगवानकै हातमा रहेको बताउछिन्। जापानलाई तस्बिरबाट पहिचान गराउने क्रममा फुजी हिमालको तस्बिर छुट्दैन। आफु प्रकृति प्रेमी भएकोले नेपालमा जन्मिन पाएकोमा जन्म दिने आमा र भगवानलाई धन्यवाद दिन चाहन्छिन् र छिट्टैनै नेपाल फर्केर सगरमाथा चढ्ने योजना रहेको पनि बताईन्।
Shanti-giri

Copyright © 2012 - 2026 | All Right Reserved.