६ एकान ६ सफल भएकोमा प्राबिधिक तथा कलाकारलाई बोनस


(सेलिब्रेटी नेपाल) काठमाडौँ
गत बर्षको सर्बाधिक सफल चलचित्र ‘६ एकान ६’ ले चलचित्रले मुनाफा गरेकोले चलचित्र युनिट लाई लाभाम्स वितरण गरेको छ। काठमाडौँमा एक पार्टीको आयोजना गर्दै चलचित्रको स्पट ब्याय देखि सम्पूर्ण कलाकार तथा प्राबिधिक हरु लाई लाभाम्श बाँडेको हो। दिपकराज गिरि, दिपा श्री निरौला र निर्मल शर्माले ‘छ एकान छ’ का कलाकार तथा प्राबिधिक सँगै चलचित्रले गरेको नाफाको रकम सुनकोशी बाढी प्रभावित (रु.२५ हजार), स्व. शिव रेग्मी परिवार (रु.५१ हजार) र चलचित्र पत्रकार संघ (रु. १५ हजार) लाई वितरण गर्ने निर्णयको घोषणा समेत गरे। deepak-raj-deepa सक्सेस पार्टी कार्यक्रममा चलचित्रका निर्देशक दिनेश डी.सी.तथा नायिका नीता ढुंगाना उपस्थित भएनन। कार्यक्रममा ६ एकान ६ कै युनिटले अर्को चलचित्र वडा नम्बर ६ निर्माण गर्ने अनौपचारिक घोसणा समेत गरे। यसरि चलचित्रले राम्रो व्यापार गरेकोमा कलाकार तथा प्राबिधिक लाई बोनस बाँडेको पहिलो पटक हो। यसरि बोनस बाँड्नु भनेको धेरै सकारात्मक पक्ष हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.