बन्ने भो देशभक्त सिपाही


(सेलिब्रेटी नेपाल) काठमाडौँ
Gopal-rilaj-aayushनेपाली चलचित्र बजार बजार उकालो लाग्न नसके पनि चलचित्रहरु बन्ने क्रम भने घटेको छैन बढी रहेको छ। नेपाल प्रहरी र सिमा तस्करको कथा लाई लियर चलचित्र देशभक्त सिपाही बन्ने भएको छ। लामो समय देखि नेपाल टेलिभिजनमा प्रसारण हुने प्रहरी अनुरोध कार्यक्रममा सम्लग्न रहेका दिपक घिमिरेले निर्देशन गर्ने चलचित्रको कथा केदार मल्लले लेखेका हुन्। चलचित्रमा नायक आयुष रिजाल देशभक्त सिपाहीको रोलमा अनुबन्धित भइ सकेका छन् भने उनको जोडी नायिकाको टुंगो लागिसकेको छैन। आयुषका अलावा चलचित्रमा सुरेन्द्र बराल.दिपक भण्डारी,केदार मल्ल,दिपक घिमिरे,भागिरथ पोख्रेल लगाएतको अभिनय रहने छ। सुरेन्द्र बराल र कृष्टि कौशलको संयुक्त लगानीमा निर्माण हुन लागेको चलचित्रमा दशैं गीत पनि समाबेश गरिन लागेको छ। दशैं गीत समाबेश हुने भएकोले दशैँ अघि नै छायांकन सकाउने लक्ष्य निर्माण युनिटको रहेको छ। हाल चलचित्रको गीत रेकर्डिङ कार्य भइ रहेको निर्देशक दिपक घिमिरेले जानकारी गराए। चलचित्र गीतहरु शंकर अधिकारी घायलले लेखेका हुन् भने बिकाश चौधरीको संगीत रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.