नाम कमाउने भन्दैमा जे पनि गर्न हुन्छ ?


(सेलिब्रेटी नेपाल) काठमाडौँ
मोडल तिर्सना बुढाथोकीले सार्वजनिक गरेको एउटा फोटो खुबै विवादमा आयो । नुहाइरहेको अवस्थाको फोटोको आलोचना खेपेपछि उनलेफेसबुकमा नयाँ स्टाटस राखेकी छिन् । विदेशी सेलेब्रेटीले आफुलेभन्दा नग्न फोटो राखेको उदाहरण दिदै उनले आफ्नो फोटो दाँजेकी छिन् । अनि भनेकी छिन्,’इन्टरनेसनल स्टारले यस्तो फोटो राख्छन्, त्यसैले हामीलेपनि राख्न मिल्छ । किन सबले
यो फोटोको आलोचना गरेका होलान ?’
Tirasana-Budathokiउनको यो स्टाटसलाई सुजन दाहालले यसरी कमेन्ट गरेका छन्,’हजारौं मा एउटा दुइटा राम्रो हुनु कुनै ठूलो कुरा होइन भारी वर्षा सगै आउने खहरेको भेल र अर्धनग्न फोटोहरु सोसियल मिडिया मार्फत सार्वजनिक गरेर कमाएको नाम उस्तै हो त्यो क्षणिक मात्र हुन्छ आफ्नो वास्तविकता सँग रमेर राम्रो काम गर्न सकेको खण्डमा मात्रै सबैको प्यारो भईन्छ।’ सुजन दाहालको यो कमेन्टप्रति तिर्सनाले यस्तो अभिव्यक्ति दिएकि छिन, राति राति डिस्को धाउने तिनै डिस्को र दोहोरीमा नाच्नेलाई हिरोईन बनाउनेले सोच्नुपर्ने हो फोटो सुट गर्दैमा केही हुदैन, आफ्नो आङको भैंसी नदेख्ने अरुको आङको जुम्रा। उनको यो अभिव्यक्तिलाई सुजन दाहालले फेरि यसरी खण्डन गरेका छन, यदि नाङ्गिएर नाम कमाउने चाहना भए पोर्न फिल्म खेल्दा राम्रो, तीन करोड नेपालीले मात्र होइन सारा विश्वले चिन्छ तिर्सना बुढाथोकी भनेर।
Tirsana-budathoki-model

Copyright © 2012 - 2026 | All Right Reserved.