बिधवा प्रदर्शनको लागि तयार


(सेलिब्रेटी नेपाल) काठमाडौँ
सिँन्दुर पुछिएका हिन्दु नारीहरुको कथालाई समाबेश गरेर निर्माण भएको चलचित्र ‘विधवा’ अब प्रदर्शनको तयारीमा रहेको छ। एकल महिलाको जीवन कति सम्म कस्टप्रद हुन्छ भन्ने बिषय लाई मुख्य आधार मानेर निर्माण गरिएको चलचित्र ‘बिधवा’मा दिलिप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठ, सुर्य जीसी, गीरी प्रसार सुनार, विद्या कार्कीको मुख्य अभिनय रहेको छ ।
Bidhawa-Poster
मान बहादुर घिमिरेको कथा रहेको चलचित्रलाई मनोज श्रेष्ठले निर्देशन गरेका हुन्। शंकर अधिकार घायलका शब्दमा विकास चौधरीले संगीत दिएका छन। चलचित्र सेन्सर बोर्ड बाट युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र ‘बिधुवा’ को यहि भाद्र १७ गते बुटवलमाबिशेष प्रदर्शनी गर्न लागिएको छ। निर्देशक मनोजका अनुसार नारी कथामा बनेको चलचित्रले नेपाली नारि मात्र होइन पुरुषको पनि मन छुन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.