रेखा थोपा ३१ बर्षमा आई पुग्दा नायिका बाट निर्देशक सम्म


(सेलिब्रेटी नेपाल) काठमाडौँ
रेखा थापाले आफ्नो उमेरको ३१ औं बसन्त पार गरेकी छिन। गएको बर्ष उनले आफ्नो जन्म दिनको कार्यक्रममा आफु अब बच्चा नभएको बताएको १ बर्ष नबित्दै उनि नायिका बाट निर्मात्री र निर्मात्री बाट निर्देशक समेत बनेकी छिन। उनि निर्देशित चलचित्र हिम्मतवाली प्रदर्शनको तयारीमा रहेको छ। रेखाको जन्म दिन र अभिनेता श्री कृष्णको १३ औं दिनको पुण्य तिथि एकै दिन परेकोले रेखाले आफ्नो जन्म दिनको कुनै कार्यक्रम आयोजना नगर्ने भएकी छिन।
Rekha-thapa-b
बोल्ड नायिकाको छबी बनायकी रेखा बेला बेलामा चर्चामा आई रहने नायिका पनि हुन्। निर्माता छबी ओझाले रेखा लाई नेपाली सिनेनगरीमा प्रवेश गराएका हुन्। चलचित्र हिरो मार्फत चलचित्रमा प्रवेश गरेकी नायिका काली हुँदै हिम्मतवाली सम्म आई पुग्दा उनि निर्मात्री तथा निर्देशक समेत भइ सकेकी छिन। अहिलेकी नम्बर वन नायिका रेखा थापा लाई सेलिब्रेटी नेपालको तर्फ बाट जन्म दिनको लाखौं लाख सुभकामना।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.