‘पुष्पा २’ को ३ डी संस्करण प्रदर्शन नहुने


एजेन्सी। भारतीय अभिनेता अल्लु अर्जुन अभिनित बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ – द रूल’ को प्रदर्शनलाई ४८ घण्टाभन्दा कम समय बाँकी छ, र देशभर टिकटहरू धमाधम बिक्री भइरहेको छ। यो फिल्म विभिन्न भाषाहरूमा मात्र नभई २ डी, आईम्याक्स २ डी र ३ डी संस्करणमा प्रदर्शनका लागि तयार गरिएको थियो। तर, हालै आएको समाचार अनुसार फिल्मको ३डी संस्करण प्रदर्शनमा आउने छैन।

बलिउडको एक न्युज पोर्टल सँग कुरा गर्दै एक स्रोतले बताए, “फिल्मको ३ डी संस्करण अझै तयार भइसकेको छैन। त्यसैले फिल्म निर्माण टोलीले यस हप्ता ३ डी संस्करणको प्रदर्शन नगर्ने निर्णय गरेको हो। डिसेम्बर ५ मा यो फिल्म देश र विश्वभर विभिन्न भाषाहरूमा २ डी संस्करणमा मात्र प्रदर्शन हुनेछ।”

स्रोतले थपे, “निर्माण टोलीले अब ३ डी संस्करण अर्को शुक्रबार, अर्थात् डिसेम्बर १३ मा प्रदर्शन गर्ने निर्णय गरेको छ। त्यतिबेलासम्म ३डी प्रिन्टहरू तयार हुनेछ। यो निर्णयको बारेमा देशभरका प्रदर्शकहरूलाई जानकारी दिइएको छ।”

एक्सन ड्रामामा अल्लु अर्जुन संगै रश्मिका मंदना र फहद फासिल मुख्य भूमिकामा छन् । जगदीश प्रताप बन्दरी, जगपति बाबु, प्रकाश राज, अनुसया भारद्वाज, राव रमेशलगायत कलाकारको पनि अभिनय छ ।

फिल्म तमिल, तेलुगु, हिन्दी, कन्नड, बंगाली र मलयालम भाषाहरूमा रिलिज हुन लागेको हो । यो पहिलो पान इन्डिया फिल्म हो, जुन बंगालीमा पनि रिलिज हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.