साहित्यकार तथा पत्रकार नवराज लम्साल सम्मानित


सेलेब्रिटी नेपाल मंसिर१०- साहित्यकार तथा पत्रकार नवराज लम्साललाइ भोग्य सगुन सेवा समाजले प्रदान गर्ने “भोग्य सगुन राष्टिय पत्रकारिता पुरस्कार २०६८” प्रदान गरिएको छ। पुरस्कारको राशी दश हजार एक सय एघार र प्रशंसा पत्र रहेको छ। पुरस्कार, लुम्बिनी वौद्ध विश्व विद्यालयका उपकुलपति प्रा. डा. त्रिरत्न मानन्धरले प्रदान गर्नुभयो।रेडियो पत्रकारीता क्षेत्रमा जिवन विताउनु भएका भोग्य प्रसाद शाहको सम्झनामा उहाँकी धर्मपत्नी सगुन शाहले अक्षयकोष राखी भोग्य सगुन राष्ट्रिय पत्रकारीता पुरस्कार स्थापना गरिएको हो । लम्सालले रेडियो नेपाल तथा बीबीसी नेपाली सेवा मार्फत प्रशारण पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिएको आयोजक समितीले जनाएको छ ।
लम्सालले विगत २५ वर्ष देखि पत्रकारिता गर्दै आउनु भएको छ। सो अवसरमा वरिष्ठ पत्रकारद्वय प्रचण्डमान सिंह प्रधान र कमल प्रधान तथा प्रशिद्ध गाएक फत्तेमान राजभण्डारीलाई भोग्य सगुन सेवा समाजको मानार्थ सदस्यता प्रदान गरि सम्मान गरिएको थियो ।कार्यक्रममा समाजकी अध्यक्ष सगुन शाहले पुरस्कारको अक्षयकोषमा यो वर्ष १ लाख रुपैँया थप गर्ने बताउनु भएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.