दयाहाङ र आँचलको ‘दुखी आत्मा’ फागुन २ गते


काठमाडौं। लेखक तथा निर्देशक दीपेन्द्र लामाको चलचित्र ‘दुखी आत्मा’ को प्रदर्शन मिति सार्वजनिक गरिएको । क्लक वर्क कृएसनको ब्यानरमा निर्माण भएको चलचित्र प्रेम दिवसको अवसर पारेर फागुन २ गतेबाट प्रदर्शनमा आउने छ ।

चलचित्रको निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो ।

‘दुखी आत्मा’ मा दयाहाङ राई,आँचल शर्मा,अनुप बिक्रम शाही,बुद्दि तामाङ, रेयर राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । कासोसियल कमेडी जनराको चलचित्रको बितरण आरआर फिल्मस्ले गर्नेछ । हिमाल कडरिया निर्माता रहेको फिल्ममा सुदिप ढकाल कार्यकारी निर्माता, आलोक शुक्लाको छायांकन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.