शीशा कोहिनुर भिडन्त


(सेलिब्रेटी नेपाल) काठमाडौँ
साउन महिना नेपाली चलचित्र प्रदर्शनका हिसाबले पछि पर्यो। साउनको अन्त्य तिर अर्थात् भोलि साउन २३ गते आशातित दुइ चलचित्र एक आपसमा भिड्दै छन्। नायक श्री कृष्ण श्रेष्ठ र नायक जीवन लुइँटेल अभिनित चलचित्र एक आपसमा भिड्न लागेका छन्। सस्पेन्स प्रेम कथा तथा सांगीतिक रुपमा अब्बल रहेको चलचित्र ‘शीशा’ र नारी सम्बेदनाको चलचित्र ‘कोहिनुर’ मध्ये कसलाई दर्शकले मन पराउने हुन् ?
Sheesha-kohinoor
मधुसुदन ढकाल,अजिता सुमार्गी, महेश ढुंगेल, विराट थापाको संयुक्त लगानीमा निर्माण भएको शीशामा जीवनको जोडी उमा बेबी रहेकी छिन्। चलचित्रमा जीवन लुइटेल,उमा बेबीको अलावा रागिनी खड्गी, निर्मल सेन्चुरी, दिपेश भण्डारी, शर्मिला मल्ल, बी.एस राणा लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रमा भारतीए चर्चित फूटबल खेलाडी भाइचुङ भुटिया पनि विशेष भूमिकामा देखिनेछन।चलचित्रमा कुमार बखती र राम कुमार केसीको छायांकन, तारा थापाको सम्पादन, कमल राई र दिनेश अधिकारीको नृत्य रहेको छ। चलचित्रमा समावेश गीतमा लक्की सिटौलाले र मनोज सिंहले संगीत दिएका छन्।

कहाँ भेटिएलाको सफलता पछि श्री कृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र ‘कोहिनुर’ मा श्री कृष्ण र स्वेता खड्काको जोडी देख्न पाइने छ। आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा शम्भुजित बास्कोटाको संगीत रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.