‘पूर्णबहादुरको सारङ्गी’ ले नेपाली फिल्ममा राख्यो नयाँ कीर्तिमान


काठमाडौं। तिहारको लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले सिनेमा हलमा पाएको शो संख्याका आधारमा नयाँ कीर्तिमान कायम गरेको छ।

सरोज पौडेलको लेखन र निर्देशनमा बनेको यो फिल्मले दर्शकलाई अप्रत्यासित रूपमा सिनेमा हलसम्म तानिरहेको छ र धेरैको मन जित्न सफल भएको छ। बाबु र छोराको ‍सम्बन्धको गहिरो भावनात्मक कथा प्रस्तुत गर्दै दर्शकहरूलाई बाँध्न सफल देखिएको छ।

देशभर कार्तिक १५ गतेदेखि एकसाथ प्रदर्शनमा आएको यस फिल्मले बिहीवारसम्ममा नेपालभरका सिनेमा हलमा तीन सय ८० भन्दा बढी शो पाएको थियो। निर्माण संस्था सेभेन सिजका अनुसार, यसले नेपाली फिल्म इतिहासमै एकै दिनमा सबैभन्दा धेरै शो पाउने कीर्तिमान बनाएको छ।

बिहीवारका दिन मात्र काठमाडौं उपत्यकाका एक सय ८० र उपत्यका बाहिरका दुई सय सिनेमा हलमा तीन सय ८० भन्दा बढी शो पाएको यो फिल्मले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। मुख्य कलाकार विजय बरालका अनुसार, फिल्मले दर्शकको उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

प्रारम्भिक बक्स अफिस रिपोर्टअनुसार, प्रदर्शनमा आएको पहिलो हप्तामै फिल्मले आठ करोड २५ लाख रुपैयाँको कमाइ गरेको छ, जसले नेपाली फिल्म बजारमा उत्कृष्ट स्थान बनाएको देखिन्छ। यो ब्यापार पनि पहिलो हप्तामा धेरै कलेक्सन गर्ने फिल्मको रेकर्ड हो। चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटा लगायत कलाकारको मुख्य भूमिका छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदीकाे लगानीमा बनेको चलचित्रमा कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.