छायांकनको गुणस्तर बढाउन चलचित्र विकास बोर्डद्वारा निःशुल्क ड्रोन पाइलट तालिम


काठमाडौँ। नेपाली फिल्मको छायांकनमा ड्रोनको प्रयोग व्यापक हुँदै जाँदा, चलचित्र विकास बोर्डले छायाँकारहरूको दक्षता अभिवृद्धिका लागि १० दिने निःशुल्क ड्रोन पाइलट तालिमको घोषणा गरेको छ। दृश्यलाई थप आकर्षक बनाउन ड्रोनको उपयोग बढेको परिप्रेक्ष्यमा यो तालिम छायाँकारहरूका लागि विशेष अवसर हुनेछ।

चलचित्रको छायांकनमा ड्रोनको सुरक्षित र प्रभावकारी प्रयोग गर्नका लागि आवश्यक कानुनी र प्राविधिक ज्ञान महत्त्वपूर्ण हुने भएकाले बोर्डले यो तालिम आयोजना गरेको हो। बुधबार जारी सूचनामा बोर्डले नेपाली छायाँकारलाई कार्यशालामा सहभागी हुन आव्हान गरेको छ।

बोर्ड अध्यक्ष दिनेश डिसीका अनुसार, विदेशमा ड्रोन पाइलट अध्ययन गरेका विज्ञहरू र नेपाल प्रहरीका उड्डयन विज्ञहरूले प्रशिक्षण दिनेछन्। तालिममा २५ जना नेपाली चलचित्र छायाकारले सहभागीता जनाउन पाउनेछन्। आवेदन फारम बोर्डको वेबसाइटमा उपलब्ध छ।

बोर्डको यो पहलले नेपाली फिल्म उद्योगमा गुणस्तरीय दृश्य निर्माणमा नयाँ आयाम थप्ने र छायाँकारहरूलाई आधुनिक प्रविधिमा दक्ष बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.